नियम ३१
नमूनाको परीक्षण वा विश्लेषण
(१) यस नियमावली बमोजिम परीक्षण वा विश्लेषणको लागि पठाइएको भाँडो प्राप्त भएपछि प्रयोगशालाले त्यस्तो भाँडो र प्याकिङको बाहिरी
आवरणमा लागेको सिलबन्दी समेत ठीक छ छैन जाँची त्यसको अभिलेख राखी प्याकिङ्ग र भाँडोलाई खोल्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम भाँडो खोली सकेपछि प्रयोगशालाले परीक्षण वा विश्लेषण गरी त्यसको प्रतिवेदन अनुसूची –५ बमोजिमको ढाँचामा कार्यालय समक्ष पठाउनु पर्नेछ ।